PahiloPost

May 14, 2024 | १ जेठ २०८१

नेपाल भारत सीमाना बन्द, कुकरबाट चेकजाँच  



चन्द्रकान्त खनाल

रुपन्देही : दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाइ मध्यनजर गरी कपिलवस्तु प्रशासनले आजदेखि नेपाल भारत सीमाना बन्द गरी तालिम प्राप्त कुकरबाट चेक गर्न थालेको छ।

मंसिर २१ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, स्वच्छ, निपष्क्ष रुपमा सम्पन्न गर्ने उद्देश्यले नेपाल भारतका सुरक्षा अधिकारीको सहमतिमा सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ।

दुवै देशका सुरक्षा अधिकारीको सहमतिमा क्रमश: सीमा नाकाबाट आवतजावत बन्द गरिएको हो। कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, खुनुवा, मर्जादपुर लगायतका नाका क्रमश एकै चोटी बन्द गर्दा सयौ यात्रु अलपत्र पर्ने हुँदा कडा चेक सहित यातायातका साधन आवतजावतमा रोक लगाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

नेपालमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई सीमाबाट हुने अपराधिक गतिविधि रोक्न र भयरहीत वातावरणमा सम्पन्न गर्न भारत सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता यस अघि नै गरिसकेकाले भारतस्थित गृह मन्त्रालयले पनि सीमा बन्द गर्ने निर्देशन दिएको अधिकारीले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell