PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

नेपाल दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टनको फाइनलमा



पहिलोपोस्ट

नेपाल दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टनको फाइनलमा

काठमाडौं : भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन्।

नेपालले उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ। नेपाल र भारतसहित प्रतियोगितामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागीता जनाएका थिए। भारत विजेता हुँदै फाइनलमा पुगेको हो।

नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई समान ५–० को नतिजामा पराजित गरेको थियो भने भारतसंग नेपाल ५–० ले नै पराजित भएको थियो।

नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेशिका गुरुङ, सनैना मुखियाँ र रसिला महर्जन सहभागी छन्। मिक्स टिममा पुरुष-महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell