PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ताप्लेजुङको आठराइमा आगलागीबाट ३५ लाख बराबरको क्षति



पहिलोपोस्ट

ताप्लेजुङ :  ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। 

विद्युत् प्रवाह भई आगलागी हुँदा गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी सुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ। तीनवटै घर र घरभित्र रहेका सामान जल्दा करिब ३५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

आगलागीको समयमा घरका परिवार घर बाहिर काममा रहेकाले समयमा आगलागीको जानकारी नहुँदा समयमै नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन्। आगलागीका कारण घर गुमाएका तीनवटै परिवार अहिले आफन्तको शरण लिएर बसेका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell