PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेसमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भए पार्टीबाट स्वतः निष्कासन



पहिलोपोस्ट

कांग्रेसमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भए पार्टीबाट स्वतः निष्कासन

काठमाडौँ : नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा कांग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन गर्ने जानकारी दिए । 

कांग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पार्टीका आधिकारिक उम्मेदवारविरुद्धमा असहयोग गरेको पाइएमा यथाशीघ्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell