PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित



पहिलोपोस्ट

दक्षिणी थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित
फोटो श्रोतः financialexpress.com

थाइल्याण्ड :  थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको विपद् रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ। 

वाढीका कारण करिब नौ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ। विभागका महानिर्देशक चायापोल थितिसकले भने,‘थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ ।’ 

बाढीका कारण नौ प्रान्तका अझै चार हजार ५९० गाउँ डुवानमा परेका छन् भने बाढीबाट अधिकांश गाउँहरू राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद भएका थितिसकले बताए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell