काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले आज युएईसँग खेल्दैछ।
आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। उक्त खेलको आइसीसीको अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गरिने आइसीसीले जनाएको छ।
नेपाल र युएईबीच वान डे म्यान हुन लागेको झण्डै पाँच वर्ष यता यो पहिलो पटक हो। २०१३ जनवरीमा न्यूजिल्याण्डमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर यता नेपाल र युएईले एक आपसमा खेलेका छैनन्।
साइमन अनवरले शतक बनाएको उक्त खेलमा नेपाल १०२ रनले पारजित भएको थियो।
नेपाल र युएई यसअघि नै शीर्ष चारको होडबाट बाहिरिँदै डिभिजन टू मा झरिसकेका कारण उक्त खेल प्रतिष्ठाको लागि हुनेछ।
नेपालले युएईसँग खेल्नुअघि अमेरिका र केन्यासँग अभ्यास खेलेको थियो। जसमा नेपाल अमेरिकासँग हारेको थियो भने केन्यालाई पराजित गरेको थियो।
नेपाली टोली :
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, आरिफ शेख