PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर: चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell