PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भोलि ४५ जिल्लामा सवारीसाधन नचल्ने, गृहको आग्रह ‘बिहीबार १२ बजेसम्म गन्तव्यमा पुग्नु’



पहिलोपोस्ट

भोलि ४५ जिल्लामा सवारीसाधन नचल्ने, गृहको आग्रह ‘बिहीबार १२ बजेसम्म गन्तव्यमा पुग्नु’

काठमाडौँः गृह मन्त्रालयले बिहीबार हुने दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको छ। मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्याह्नसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ।

मन्त्रालयले मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न पाउने जनाएको छ। यस्तै अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन्। 

साँझ ७ बजेबाट भने अन्य सवारीसाधन चल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell