PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

तीन मतपत्रमा चार छाप, यसरी गर्नुस् मतदान



पहिलोपोस्ट

तीन मतपत्रमा चार छाप, यसरी गर्नुस् मतदान

काठमाडौँ: दोस्रो तथा अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि जारी छ। उम्मदवारले आफ्ना योजना र कार्यक्रम मतदातामाझ सुनाइसकेका छन्।

मत दिन अब २४ घन्टाको समय भए पनि कतिपय क्षेत्रमा मतादात शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासो छ। सुरुमा एकै मतपत्रको तयारी गरी मतादाता शिक्षा सामाग्री बनाएको आयोगले अदालतको आदेशपछि अन्तिम समयमा मतपत्र परिमार्जन गर्‍यो। मतपत्र परिमार्जनपछि मतदाता शिक्षाका सामाग्री परिवर्तन हुँदा तोकिएको समयभन्दा ढिला गरी मतदाता शिक्षाका लागि कर्मचारी खटिए। जसकारण पनि योपटक पनि मतदाता शिक्षा कार्यक्रम सोचे जस्तो प्रभावकारी भएन। जसलाई निर्वाचन आयोगले नै स्वीकार गरेको छ।

 

कसरी गर्ने मतदान?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन प्रकारका मतपत्र छन्। समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानामा छ। तल र माथि गरी मतसंकेत गर्नु पर्नेछ। तर, प्रत्यक्षमा भने फरक-फरक मतपत्र छन्।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हरियो रङको मतपत्र छ। आफूले रोजेको दलको चुनाव चिह्नमा मतदाताले मत संकेत गर्नु पर्नेछ। मतपत्रमा चुनाव चिह्न पनि हरियो रङमा नै छ।


प्रदेशसभाको प्रत्यक्षतर्फ कालो रङको मतपत्र छ। कालो रङको मतपत्रमा कालो रङमा नै चुनाव चिह्न छन्। मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको एकमात्र चुनाव चिह्नमा मत दिनु पर्नेछ।

समानुपातिकतर्फ भने एकै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दलहरुको चुनाव चिह्न छन्।

मतदाताले माथिल्लो भागमा प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिक निर्वाचनमा भाग लिने उम्मेदवारको चुनाव चिह्नमा मत दिनु पर्नेछ। आफूले रोजेको एकमात्र दलको चुनाव चिह्नामा मत दिनु पर्नेछ।


यस्तै सोही पानाको तल्लो भागमा प्रदेशसभाको समानुपातिक निर्वाचनमा भाग लिएको दलको चिह्न हुनेछ। मतदाताले आफूले रोजेको एक दलको चिह्नमा मत संकेत गर्नुपर्नेछ।

 

कसरी हुन्छ बदर?

मत दिँदा एकै मतपत्रमा एकभन्दा उम्मेदवारको चिह्नमा मत संकेत गरेमा स्वतः बदर हुनेछ। यस्तै, उम्मेदवारको चुनाव चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप परेमा पनि मत बदर हुन्छ।

स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा पनि मत बदर हुन्छ। स्वस्तिक छाप नबुझिने गरी लतपत भएमा पनि मत बदर हुन्छ। कोठाभन्दा बाहिर छाप लगाएमा तथा दुई चिह्ननको बीचमा पर्ने गरी मतस‌केत गरेमा पनि मत खेर जान्छ।

मतदान अधिकृतको सही नभएको मतपत्रबाट मत दिएमा पनि मतदाताको मत खेर जान्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell