PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

डब्लुसिएल : टस हारेर युएई विरुद्व पहिले ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

डब्लुसिएल : टस हारेर युएई विरुद्व पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीप अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।

आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल र दीलिप नाथले नेपालको ओपनिङ सम्हालेका छन्।

फास्ट बलर ललित सिंह ऐरीले यसै खेलमार्फत नेपालका लागि डेब्यु गर्दैछन्। अलराउण्डर सागर पुन, र दिपेन्द्र सिंह ऐरी तथा फास्ट बलर करण केसी आजको खेलमा खेलेका छैनन्।

 

नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सन्दीप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, आरिफ शेख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell