
काठमाडौं: गायिका मेलिना राईले पहिलोपटक थारु भाषाको गीत गाएकी छिन्। ‘चाँद जैसिन तोहार सुरतिया’बोलको गीतमा उनले स्वर दिएकी हुन्। गीतमा उनलाई थारु गायक नरेश जोगीले साथ दिएका छन्।
गायक नरेशकै शब्द तथा संगीत रहेको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्। भिडियोमा थारु मोडलद्धय जेएमसी चौधरी र करिष्मा चौधरीको फिचरिङ रहेको छ।
‘मलाई विभिन्न समुदायका भाषामा गीत गाउन मनपर्छ,’ मेलिनाले भनिन्, ‘थारु भाषा त बुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु किनकी यो मेरो लागि सिक्ने मौका पनि त हो।’ राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका हुन्।