PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

चुनावी सुरक्षाका लागि तराईका जिल्लामा सुरक्षा निकायद्वारा भारतीय सवारीसाधन प्रयोग



राधेश्याम पटेल

चुनावी सुरक्षाका लागि तराईका जिल्लामा सुरक्षा निकायद्वारा भारतीय सवारीसाधन प्रयोग

वीरगंज :  पर्सामा राजनीतिक दलका नेता कार्यकर्तासँगै सुरक्षाकर्मीहरु पनि भारतीय सवारीसाधन प्रयोग गर्न थालेका छन्।

निर्वाचनका बेला गाडी नपाएर राजनीतिक दलका उम्मेदवारसँगै पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारतीय गाडी भाडामा लिएर सुरक्षा व्यवस्थापनमा जुटेको छ। 

सशस्त्र प्रहरीले भारतीय सुमोको पछाडिको नम्बर छोपेर गस्ती गर्ने गरेको छ।सीमा सुरक्षा कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले दर्जनौं भारतीय सवारीसाधन सहरदेखि ग्रामिण भेगसम्म प्रयोग गरिरहेका छन्।

नेपाली सुरक्षाकर्मीहरु भारतीय गाडी प्रयोग गर्न थालेपछि सुरक्षा प्रवन्धमा नाकारात्मक असर पर्ने पर्साबासीले बताएका छन्। 

वीरगंजका समाजिक अभियन्ता प्रकाश थारुले भने,‘ कुनै ठाउँमा तनाव वा भीडाभाड भयो भने त्यस्तो अवस्थामा परिचय नखुल्ने गाडीमा गएका सुरक्षाकर्मीले कसरी सुरक्षा प्रवन्ध मिलाउन सक्छन्?’

पर्साका सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले नेपाली गाडी नपाएर भारतीय गाडी मगाएको बताए।

जिल्ला सुरक्षा समितिमार्फत निर्णय गरी भारतीय गाडी मगाएको उनले बताए। पर्सासँगै, तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा, सप्तरीलगायतका जिल्लामा ठूलो संख्यामा भारतीय सवारीसाधनको प्रयोग भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell