PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

क्लब डेजाभूमा गायक नविन के भट्टराईको लाइभ कन्सर्ट हुँदै



पहिलोपोस्ट

क्लब डेजाभूमा गायक नविन के भट्टराईको लाइभ कन्सर्ट हुँदै

काठमाडौं: पप गायक नविन के भट्टराईको लाइभ कन्सर्ट आयोजना हुँदैछ। काठमाडौंको क्लब डेजाभूमा उनको एकल गायन कार्यक्रम हुन लागेको हो।

आउँदो पुस १ गते ‘एनकेबी भाइब्स’ नाम दिइएको सांगीतिक कार्यक्रममा गायक भट्टराई अतृप्त ब्याण्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुनेछन्। कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ। ब्याण्डका ड्रमरको प्रभात रिसाल, ब्याक भोकल तथा रिदम गिटारिस्ट धिरज क्षेत्री र लिड गिटारिस्ट भाष्कर राज घिमिरेले उनलाई प्रस्तुतिमा साथ दिनेछन्।

गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन हुने बताइएको छ। जसमा डिजे शिशिर, डिजे रोलिङ, डिजे आशिक तथा गायिका बबिता मानन्धरले पनि प्रस्तुति दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell