PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एसेज सिरिज : स्टार्कले ५ विकेट लिएपछि इंगल्याण्ड १२० रनले पराजित, अष्ट्रेलियालाई २-० को अग्रता



पहिलोपोस्ट

एसेज सिरिज : स्टार्कले ५ विकेट लिएपछि इंगल्याण्ड १२० रनले पराजित, अष्ट्रेलियालाई २-० को अग्रता
फोटो : आइसीसी

पाँचौ तथा अन्तिम दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली अष्ट्रेलियाले इंगल्याण्डलाई दोस्रो टेष्टमा १२० रनले पराजित गरेको छ।

जितपछि पाँच खेलमा सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता समेत बनाएको छ। पहिलो टेष्टमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

जितको लागि ३५४ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड पाँचौ दिन २३३ रनमा अलआउट भयो। अन्तिम दिन अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिएपछि इंगलिस इनिङ्स ध्वस्त बनेको थियो। स्टार्कले जोनी बेर्स्टवो, क्रेग ओभरटन र स्टुअर्ट बोर्डको विकेट लिए।

१७६/४ बाट अन्तिम दिनको खेल शुरु गरेको पाहुना टोली इंगल्याण्डले मात्र ५७ रन जोड्दा बाँकी ६ विकेट गुमायो। इंगल्याण्डका लागि जो रुटले सर्वाधिक ६७ रन बनाए। तर रुटको विकेट पतन भएपछि इंगल्याण्डको इनिङ्स धर्मराएको हो। यस्तै विकेटकिपर जोनी बेर्स्ट्वो ३६ रन बनाएर आउट भए।

अष्ट्रेलिया लागि मिचेल स्टार्कले ५ विकेट लिए भने जो हाजलउड र नाथन लियोनले समान २ विकेट झारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell