PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार



चन्द्रकान्त खनाल

कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

बुटवल :  कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट गराइएको छ।कपिलवस्तु क्षेत्र नम्बर एक (क) का नेपाली कांग्रेस प्रदेश सभा सदस्य उम्मेदवार पुरन थारूको गाडीमा बम प्रहार भएको हो।

थारु चढेको गाडीलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराइएको हो।  विस्फोटबाट उनको चुनाव प्रचार प्रसारमा प्रयोग भएको गाडी ध्वस्त भएको छ। पार्किङ गरी राखेको गाडीमा बम प्रहार गरिएकाले मानवीय क्षति भने भएन। प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell