PahiloPost

May 14, 2024 | १ जेठ २०८१

रुपन्देही क्षेत्र नं २ को एउटै केन्द्रमा १३ वटा बुथ,  १३ हजार भन्दा बढीले मतदान गर्दै



चन्द्रकान्त खनाल

रुपन्देही क्षेत्र नं २ को एउटै केन्द्रमा १३ वटा बुथ,  १३ हजार भन्दा बढीले मतदान गर्दै

बुटवल :  रुपन्देहीको क्षेत्र नम्बर दुई अन्र्तगत  रहेको  बुटवल उपमहानगरपालिका वडा नम्वर ११ को लुम्बिनी वाणिज्य क्याम्पस देवीनगरमा  १३ वटा बुथ राखिएको छ। 

उक्त केन्द्रबाट  १३ हजार ६ सय ६७ मतदाताले मतदान गर्दैछन्। बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नगरपालिकाको लागि निर्णायक क्षेत्र मानिन्छ।

१३ हजार मतदाता भएकाले यो केन्द्रमा मतदातालाई सहज रुपले मतदान गर्ने समस्या हुने देखिएको छ। तर जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले  धेरै बुथ भएर समस्या नहुने जनाएको छ। 

अन्यक्षेत्रमा जस्तै कर्मचारी  र सुरक्षा व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले बताए।भित्र जाने एउटै गेट भएकाले बढी भिडभाड हुने भएपनि सुरक्षाकर्मीले सहज बनाउने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell