PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'इपीएललाई मान्यता दिएको छैन, प्रक्रियामा छ'



पहिलोपोस्ट

'इपीएललाई मान्यता दिएको छैन, प्रक्रियामा छ'

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अहिलेसम्म मान्यता नदिएको इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले जनाएको छ।

डिसेम्वर १८ बाट हुने इपीएललाई आइसीसीले कुनै मान्यता निदएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको पत्र मंगलबार सार्वजनिक भएको थियो।

प्रतियोगिता हुन दुई साता भन्दा नि कम समय बाँकी रहदा यस्तो पत्र आएपछि नेपाली क्रिकेटमा तरंग आएको थियो।

यस विषयमा आइसीसीसँग इनक्वाएरी गर्दा पहिलोपोस्टलाई प्राप्त इमेलमा आइसीसीले इपीएललाई अहिलेसम्म अफिसियल मान्यता नदिएको तर प्रक्रियामा रहेको जनाएको छ।

इपीएललले मान्यता नपाएको र नेपालका कुनै खेलाडी खेल्न नपाउने भन्ने समाचार आएपछि पहिलोपोस्टले आइसीसीसँग यसबारे बुझ्दा उक्त जवाफ आएको हो।

इमेलमा भनिएको छ, 'सम्बन्धित संस्थाले मान्यता नदिएसम्म सबै क्रिकेट मान्यता विपरित हुन्छ। इपीएललाई अहिलेसम्म अफिसियल मान्यता दिएको छैन। हामी आयोजकबाट टुर्नामेन्टको बारेमा सबै डिटेल प्राप्त गर्ने प्रक्रियामा छौँ। त्यसपछि अप्रुभलको प्रक्रिया शुरु हुन्छ।'

इपीएल प्रालीको आयोजनामा पुस ३ गतेबाट टीयू मैदानमा हुने प्रतियोगिताका लागि आयोजकले द्रुत रुपमा तयारी गरिरहेको छ। प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।

नेपाल क्रिकेट संघ क्यान २०७३ साल यता निलम्वनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell