PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

डब्लुसिएल : नेपालद्वारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत



पहिलोपोस्ट

डब्लुसिएल : नेपालद्वारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक मद्दतमा नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको पहिलो खेलमा युएईलाई २२२ रनको लक्ष्य दिएको छ।

आबुधावीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेलर ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो।

नेपालका लागि शरद भेषावकरले नटआउट रहदै सर्वाधिक ८१ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ५४ रन जोडे। ९५ बल खेलेका शरदले ५ चौका प्रहार गरे।

कप्तान पारस खड्का र सोमपालीले समान २० तथा दीलिप नाथले १६ रन बनाए भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।

युएईका जहुर खानले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell