PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता



पहिलोपोस्ट

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता
फोटो श्रोतः  telegraph.co.uk

म्याड्रिड :  स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ। 

क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उहाँहरुले भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्ने आदेश दिएको थियो। उनीहरुमाथि देशद्रोहको आरोप लागेको छ। 

उनीहरुले स्पेनमा फर्कने इच्छा देखाएको स्पेनका न्यायाधीशले तर्क गरेका छन्। क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ। उनीहरुले पनि निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्। 

क्याटालोनियाको स्वतन्त्रता पक्षधर नेताहरुले पनि निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएका छन्। उनीहरुलाई हाल स्पेन सरकारले जारी गरेको पक्राउ पूर्जी रद्द गर्दा पनि कानुनी अनुसन्धानमा प्रभाव नपर्ने न्यायाधीशले जनाएका छन्। 

क्याटालोनियामा गत महिना गरिएको जनमत संग्रहको विषयलाई लिएर राजनीतिक अस्थिरता बढेको छ। जनमत संग्रहमा ठूलो संख्याका नागरिकले स्वतन्त्रताको पक्षमा मत दिएको क्याटलान सरकारको दाबी छ। 

सोही बमोजिम क्याटालोनियाको सरकारले स्वतन्त्रता घोषणा गरेको दाबी गरेको थियो। तर स्पेन सरकारले भने सो जनमत संग्रहको घोषणा अवैध भएको भन्दै क्याटालोनियाको सरकार र संसद भङ्ग गरिदिएको छ। 

संसद र सरकार भङ्ग गरेपछि यहाँको स्वतन्त्रताको पक्षमा लागेका नेताहरुलाई पनि स्पेन सरकारले उनीहरुलाई देशद्रोही घोषणा गरेको थियो। उनीहरुलाई पक्राउ गर्न सरकारले पूर्जी पनि जारी गरेको थियो। हाल उनीहरु बेल्जियममा छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell