PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

शशी कपूरको निधनको खबरमा गलत फोटो देखाएपछि बीबीसीले माग्यो माफी



पहिलोपोस्ट

शशी कपूरको निधनको खबरमा गलत फोटो देखाएपछि बीबीसीले माग्यो माफी

बलिउड कलाकार शशी कपूरको निधनको खबरमा अभिनेता अमिताभ बच्चन र ऋषी कपूर देखाएपछि बीबीसीले माफी मागेको छ। राती दस बजे 'न्यूज एट टेन'मा खबर प्रसारण लगत्तै बीबीसीले शशीका भतिज ऋषी कपूर र अमिताभ बच्चनको फिचरिङ रहेको गीत बजाएको थियो।

भिडियो प्रसारणमा भएको गल्ति ‍औंल्याउदै विभिन्न कलाकार र आम मानिसले सामाजिक सञ्जालमा टिप्पणी गरे। बुलेटिन प्रसारणको केही बेरमा न्यूज एट टेनका सम्पाक पल रोयलले ट्विटरमार्फत उक्त गल्तिका लागि माफी मागे। लेखेका छन्,'शशी कपूरको मृत्युको खबरमा अन्यथा फोटो प्रयोग भएकोमा बीबीसी न्यूज टेन माफी माग्दछ।' 
 


बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार निधन भएको हो। अभिनेता कपुर केही वर्षदेखि बिरामीका कारण थलिएका थिए। उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell