PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचन विथोल्न खोज्नेमाथि सेनालाई गोली हान्ने अधिकार छ : रक्षामन्त्री  



पहिलोपोस्ट

निर्वाचन विथोल्न खोज्नेमाथि सेनालाई गोली हान्ने अधिकार छ : रक्षामन्त्री  

काठमाडौँ :  रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराइकन निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरे। 

उनले भने,‘पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छन्।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै रक्षामन्त्री प्रधानले सेनालाई गोली चलाउने अधिकारसमेत प्रदान गरिएकाले उच्छृंखल कार्यमा सहभागी नहुन सबैलाई आग्रह गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell