PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा आइएसका नौ लडाकूको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा आइएसका नौ लडाकूको मृत्यु

अफगानिस्तान :  अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीका क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । 

कारबाहीमा नौ जना इस्लामिक स्टेटका लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। 

नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन्। उनीहरुलाई तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ। 

कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका दुईवटा वासस्थानसमेत ध्वस्त भएका जनाइएको छ। 

आचिन जिल्ला आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ। अफगान र अन्तराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीमा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन्। । राससरसिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell