PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचनको तयारी पूरा, मतदानमा सरिक हुन निर्वाचन आयोगको अपिल



पहिलोपोस्ट

निर्वाचनको तयारी पूरा, मतदानमा सरिक हुन निर्वाचन आयोगको अपिल

काठमाडौं :  निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए।
प्रमुख आयुक्त यादवले सरकारले सुरक्षा मजबुत बनाएकाले मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरे। 

उनले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाउन मतदानमा अधिकृतहरुलाई निर्देशन दिए। 

भोलि प्रतिनिधिसभा सदस्यका लागि ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ७ हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ। 

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell