PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

आज राति १२ देखि भोलि साँझ ७ सम्म यातायात बन्द, मतदान गर्न सार्वजनिक विदा



सविन ढकाल

आज राति १२ देखि भोलि साँझ ७ सम्म यातायात बन्द, मतदान गर्न सार्वजनिक विदा

काठमाडौं : भोलि सम्पन्न हुँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ।

सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको हो। गृह सचिव मोहन सापकोटाले पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए। 

'निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको छ,' गृह सचिव सापकोटाले भने, 'डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएका छौं।' उनका अनुसार कुनै पनि घटना भयो भने १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन्। 

दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि भोलि सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी गराएको छ। आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell