PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कास्कीमा ३ मतदान केन्द्रको कमाण्ड सम्हाल्दै महिला



नरहरि पौड्याल

कास्कीमा ३ मतदान केन्द्रको कमाण्ड सम्हाल्दै महिला

कास्की : प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत कास्कीका तीन निर्वाचन केन्द्रमा महिलाले कमाण्ड सम्हालेका छन्। तीन मतदान स्थलका एक–एक केन्द्रमा मतदान प्रमुखसहित सबै कर्मचारीहरु महिला मात्रै रहेकाछन्।

कास्कीको क्षेत्र नम्वर तीन अन्तर्गतको प्रदेश ‘ख’को बाराही मावि मालेपाटनमा रहेको मतदान स्थलको ‘ख’ केन्द्र, क्षेत्र नम्वर एक अन्तर्गतको अम्मरसिंह माविको प्रदेश ‘ख’ को ‘ख’ केन्द्र र क्षेत्र नम्वर एक को विरौटास्थित पार्दी मावीको ‘ग’ केन्द्रको चुनावी नेतृत्व महिला कर्मचारीले मात्रै सम्हालेका छन्।

क्षेत्र नम्वर २ अन्तर्गत पर्ने पोखराको मुस्ताङचोकस्थित रहेको पार्दी माविमा रहेको ग केन्द्रको मतदान अधिकृतको जिम्मेवारी ईश्वरी ढकालले सम्हालेकी छन्। उनको कमाण्डमा आठ जना कर्मचारी र पाँच जना स्वयमंसेवक परिचालन भएका छन्।

त्यसैगरी कास्कीको क्षेत्र नम्वर १ अन्तर्गत पर्ने अम्मरसिंह नमुना माविको ख केन्द्रको प्रमुखमा उच्च अदालत कास्कीको इजलाश अधिकृत देवी भण्डारी छन्। उनको मातहतमा स्वयम्सेवकसहित आठ जना कर्मचारी रहेका छन्। उक्त मतदान केन्द्रमा ६ सय २९ जना मतदाता रहेका छन्।

कास्कीको केन्द्र नम्वरको ३ को प्रदेश ख अन्तर्गतमा पर्ने बाराही माविमा रहेको मतदान केन्द्रको ‘क’ मा कृषि विकास बैँक क्षेत्रीय कार्यालय पोखाराकी शाखा अधिकृत कृष्ण कुमारी पौडेल निर्वाचन अधिकृतको रुपमा खटिएकी छन्। यस केन्द्रमा नौ सय २४ मतदाता रहेका छन्।

महिलाले सम्हालेका मतदान केन्द्रलाई निर्वाचन आयोगले पनि विशेष रुपमा हेरेको छ। आयोगले यसलाई नमुना मतदान केन्द्रको रुपमा उल्लेख समेत गरेको छ।

क्षेत्र नम्वर २ अन्तर्गत पर्ने पोखराको मुस्ताङचोकस्थित रहेको पार्दी माविमा रहेको ग केन्द्रको मतदान अधिकृत ईश्वरी ढकालले महिला सबै हिसाबले सक्षम छन भनेर देखाउने एउटा अवसर भएको बताइन्।

‘केन्द्र व्यवस्थापनका लागि आवस्यक पर्ने सम्पूर्ण काम अफैले गरेका छौं, अरु कसैसँग सहयोगको याचना गरेका छैनौं’ उनले भनिन्। ‘हामी सबै हिसाबले सक्षम र योग्य छौं।’

दोश्रो चरणका निर्वाचनमा कास्की जिल्लामा एक सय ५० मदतान स्थलका लागि ३ सय १७ मतदान केन्द्र रहेका छन्। ति मध्ये तीन मतदान महिलाको कमाण्डमा रहेका छन् भने अन्य मतदान केन्द्र पुरुष कर्मचारीको जिम्मामा रहेको छ ।

निर्वाचनको सम्पुर्ण तयारी पूरा

दोस्रो चरण अन्तर्गत कास्कीमा हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। विहिबार विहान ७ बजे देखि बेल्का ५ बजेसम्म हुने निर्वाचनको अन्तिम तयारी पूरा भएको क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बुधबार पोखरामा आायोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

कास्कीका विभिन्न मतदान स्थलमा मतदान अधिकृत, मतपत्र सहितको आवश्यक सामाग्रि सहितको टोली मतदान स्थलमा पुगी सकेको र मतदान स्थलबाटै मतदाताहरुलाई मतदान परिचय पत्र समेत वितरण गरिएको प्रमुख सुवेदीले बताए। उनका अनुसार कास्कीमा एक सय ५० वटा मतदान स्थल रहेका छन भने ३ सय १७ वटा मतदान केन्द्र रहेकाछन। कास्कीको जनसङख्या ४ लाख ९२ हजार ९८ जना रहेकोछ भने जस मध्य २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता रहेको कार्यालयले जनाएको छ।

कास्कीका स्वतन्त्र सहित १३ वटा विभिन्न पार्टीका ९४ जना विभिन्न उम्मेदवारहरुले प्रतिनीधि सभा र प्रदेश सभाका लागि प्रतिष्प्रर्धामा आफ्नो उम्दवारी दिएका छन्।

कास्कीका सम्पुर्ण मतपेटिका ल्याएपछि भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने प्रमुख सुवेदीले बताए। मत गणना विभिन्न क्षेत्रको क्षेत्रिय कार्यालयमा हुनेछ भएको छ। कास्कीमा ७० प्रतिशत मत खस्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ। गत संविधान सभाको निर्वाचनमा कास्कीबाट करिब ७७ प्रतिशत मत खसेको थियो। आयोगका अनुसार अनुसार कास्कीमा यस बर्ष ३० हजार ६ सय ४१ जना नयाँ मतदाता थपिएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell