PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ठमेल ओपन टेबलटेनिस : संयोग र एलेक्स फाइनलमा, नविताले जितिन् एकै दिन चार खेल



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिस : संयोग र एलेक्स फाइनलमा, नविताले जितिन् एकै दिन चार खेल

काठमाडौं : नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली हुवाइ इमप्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यू-१६ ब्वाइज सिंगल्समा बुधबार फाइनल प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ तथा संयोगले नेपाल आर्मी क्लबका बोधित डिसीलाई ४–१ को सेटमा पराजित गरे।

सोही स्पर्धाको गर्ल्समा आर्मीकी दीक्षा दाहालले एपीएफकी अन्जु सुवाललाई ४–३ तथा वज्र युनियनकी स्मृति पन्तले पिङपोङ स्टारकी मारिया थापा मगरलाई ४–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले ४ खेलमा जित हात पारिन् भने उनकी सहोदर नन्द एलिना महर्जनले ह्याट्रिक जित दर्ता गरिन्।

नविताले आर्मीकी स्वेच्छा नेम्वाङ र प्रहरीकी यशस्वी अवाललाई समान ३–० तथा प्रहरीकी सोनु थापा मगर र आर्मीकी दीक्षा तामाङलाई समान ३–१ को सेटमा हराइन्। समूह चरणको खेलमा भने नविता दीक्षासंग पराजित भएकी थिइन्।

९ खेलाडी सहभागी महिलाको सुपर लिगमा अब प्रत्येक खेलाडीले २–२ खेल खेल्न बाँकी छ। त्यस्तै १२ खेलाडी सहभागी पुरुष सिंगल्सको सुपर लिगमा ६ चरणका खेल सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell