PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

राष्ट्रिय प्रसारण लाइन बिग्रिएपछि चिलिमेको २२ मेगावाट विद्युत उत्पादन बन्द, धुन्चेलगायत उत्तरी भाग अन्धकार



रासस

राष्ट्रिय प्रसारण लाइन बिग्रिएपछि चिलिमेको २२ मेगावाट विद्युत उत्पादन बन्द, धुन्चेलगायत उत्तरी भाग अन्धकार

रसुवा : विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य बुधबार दिउँसोेदेखि बन्द भएको छ। 

बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ। 

विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत् गृह  सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell