PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रचण्डले गरे मतदान, भन्छन् 'नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो'



राजेन्द्र आचार्य

प्रचण्डले गरे मतदान, भन्छन् 'नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो'

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका १४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका उनले उनले बिहान ७ बजे मतदान गरेका हुन्।

यस केन्द्रबाट प्रचण्डले पहिलो मतदाता भई मतदान गरेका हुन्। यसअघि उनले भरतपुरस्थित लंकुमा रहेको लक्ष्मी माविबाट मतदान गर्दै आएका थिए। उनी चितवनमा उम्मेद्वार बनेको पनि पहिलोपटक हो।

मतदानपछि अध्यक्ष प्रचण्डले मतदाताको उत्साहजनक सफलताले संविधान लेख्न प्रेरित गरेको बताएका छन्। संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्ड नेपाल नयाँ युगमा प्रवेश गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell