PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

आफूलाई मत हाल्न पाएनन् ओली, सिटौला र कार्कीले 



पहिलोपोस्ट

आफूलाई मत हाल्न पाएनन् ओली, सिटौला र कार्कीले 

झापा :  झापामा उत्साहजनकरुपमा सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तीन पार्टीका शीर्ष उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफूले आफैँलाई मतदान गर्न नपाएका हुन्। 

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो। तर, नेकपा एमालेका अध्यक्ष ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत खसाल्न नपाएका हुन्। 

यता भद्रपुर नगरपालिकाको वडा नं १०, निर्वाचन क्षेत्र नं १ मा परेपछि कांग्रेस नेता सिटौलाले आफूले आफैँलाई मतदान गर्न पाएनन्। 

वाम गठबन्धनका तर्फबाट झापा– १ बाट उम्मेदवार कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न नपाएका हुन्। 

एमाले अध्यक्ष ओली झापा—५, कांग्रेस नेता सिटौला झापा—३ र नेकपा माओवादी केन्द्रका नेता कार्की झापा—१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell