पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष देखिको नेपाली जनताको लोकतन्त्रलाई संस्थागत गर्ने चाहना पुरा गर्ने बताएका छन्। उनले व्यास नगरपालिकाको सत्यवती माविको ख मतदान केन्द्रबाट मतदान गरेपछि प्रतिक्रया दिदै यो निर्वाचनपछि मुलुक समृद्धि र अग्रगतिको बाटोमा जाने बताएका हुन्।
नेता पौडेलले स्थानीय निर्वाचन, स्थानीय सरकारका लागि भएपनि यो निर्वाचनले लोकतन्त्रको संस्थागत गर्ने र मुलुकलाई कुन बाटोमा लैजाने भन्ने मार्ग निर्देशन गर्ने बताए। उनले नेपाली जनाता लोकतन्त्रको पक्ष र हिंसाका विरुद्धमा रहेको बताए।
देश र समाज प्रतिको कर्तव्य पुरा गर्न मतदानमा सहभागि हुन आम नागरिकलाई नेता पौडेलले आह्वान गरेका छन्।