PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सप्तरीको महदेवामा मतदान शुरु भएन



पहिलोपोस्ट

सप्तरीको महदेवामा मतदान शुरु भएन

सप्तरी : सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन।

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन्। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहेका छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन्।

त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा रहेका छन्। यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत प्रदेश नं २ को सप्तरी जिल्ला बाँकी सबै मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लासपूर्वक मतदान भइरहेको समाचार छ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell