PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सामाजिक सञ्जालमा चुनाव : मतदानपछि कुन नेताले के भने ?



पहिलोपोस्ट

सामाजिक सञ्जालमा चुनाव : मतदानपछि कुन नेताले के भने ?

काठमाडौं : दोस्रो चरणमा आज ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ४५ जिल्लामा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ।

बिहान ७ बजे मतदान सुरु भइसकेपछि धेरै नेताहरुले मतदान गरिसकेका छन भने केही नेताहरुले मतदान गर्न बाँकी छ। यस चुनावलाई लिएर सामाजिक सञ्जालमा नेताहरुले विभिन्न टिक्का टिप्पणी गरेका छन्।चुनावको बारेमा नेताहरुले माइक्रो ब्लगिङ साइट ट्विटरमा यसरी लेखेका छन।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘संघ र प्रदेशको निर्बाचनले नयाँ संविधानमा संस्थागत गरिएको नयाँ राजनैतिक प्रणालीको कार्यान्वयन गर्नेछ र त्यसको लागि नेतृत्व चयन गर्नेछ। राजनीतिको शुद्धीकरण र सफाईको आजको राष्ट्रिय आवश्यकता लाई पनि नेपाली जनताले मतदान गर्दा ध्यान दिनेछन् भन्ने अपेक्षा गरौं।’

त्यस्तै उनले ट्वीटरमा लेखेका छन्, ‘आजको निर्वाचनसँगै संविधान कार्यान्वयनको पहिलो मुख्य र नेतृत्वदायी कार्यभार पूरा हुनेछ। अब देश आर्थिक क्रान्ति, विकास र समृद्धिको नयाँ चरणमा प्रबेश गर्ने अपेक्षा छ।यो जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरौं। शहिदको सपना र नेपाली जनताको आशा एवं आकांक्षा पूरा गरौं।’

काठमाडौँ क्षैत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले ट्वीट गरेका छन्।, ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो। म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु।’

 

विवेकशील साझा पार्टीका नेता मुमाराम खनालले लेखेका छन, ‘४५ जिल्लामा आज दोस्रो चरणको निर्वाचन संपन्न हुदैंछ। हाम्रै मतले हो- राम्रो उमेदवार र दल चुनिने। त्यसैले मतदानमा सक्रिय सहभागी भइ लोकतान्त्रिक प्रक्रियालाई वलियो बनाउँ।’

 

एमाले नेता प्रदिप ज्ञवालीले ट्विटरमा लेखेका छन्, ‘सबै मतदाता, उमेदवार र निर्वाचन सम्पन्न गर्न खटिएका राष्ट्रसेवकहरूमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको हार्दिक शुभकामना । निर्वाचनलाई सबै खाले दबाब र प्रभावबाट मुक्त राखौं, उत्साहका साथ मतदानमा सहभागी बनौं।’

 

माओवादी केन्द्रको नेता कृष्ण बहादुर महराले ट्विटरमा लेखेका छन, ‘आजको निर्णयले अबको ५ वर्ष काम गर्छ।’

 

विवेकशील साझा पार्टीका अर्का नेता सुर्यराज आचार्यले लेखेका छन्, ‘आज बिहिबार ४५ जिल्लामा हुने दोस्रो चरणको मतदानमा 'निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गरी’ लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सबै मतदाताहरुलाई अनुरोध गर्दछु।’  

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटर लेखेका छन मैले आफ्नो मतदान गरें। यो निर्वाचन पश्चात शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार भै देश आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बिश्वास गरेको छु। मतदान गर्नबाट कोही नछुटौं।

 

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell