
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र सम्वृद्धिको युगमा प्रवेश गरेको बताए।
टोखा नगरपालिका ६ धापासी स्थित स्काईलार्क स्कुलमा मतदान गर्दै उनले चुनावपछि मुलुकमा सम्वृद्धिको पुर्नजागरणको युग प्रारम्भ हुने प्रतिक्रिया दिए।
‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रीत गर्छौं’ महासचिव पोखरेलले भने, ‘हाम्रो अबको ध्यान मुलुकको पुर्ननिर्माण र आधुनिकीकरणमा हुनेछ, सम्वृद्धि प्राप्तीका निम्ती हुनेछ।’
निर्वाचनले अस्थिरता, गरीवी र द्वन्द्वले गाँजेको मुलुकलाई स्थिरता र राष्ट्रिय स्वाभिमान कायम गर्दै सम्वृद्धितर्फ लैजाने उनले बताए।