PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बिहान १० बजेसम्म २० प्रतिशत मत खस्यो: निर्वाचन आयोग



पहिलोपोस्ट

बिहान १० बजेसम्म २० प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौँ: दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ।  निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म २० प्रतिशत मतदान भएको छ। अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छैन। शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

आयोग प्रवक्ता नवराज ढकालले बिहान १० बजेसम्म २० प्रतिशत मतदान भएको जानकारी दिए। ढकालले भने ‘बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको छैन। शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell