PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

च्याम्पियन्स लिगको प्रिक्वाटरमा पहिलो पटक ५ इंगलिस टोली, यी हुन् अन्तिम १६ मा पुग्ने क्लब



पहिलोपोस्ट

च्याम्पियन्स लिगको प्रिक्वाटरमा पहिलो पटक ५ इंगलिस टोली, यी हुन् अन्तिम १६ मा पुग्ने क्लब

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा इंगल्याण्डबाट पहिलो पटक पाँच क्लब छनोट भएका छन्। गएराती भएको खेलमा लिभपुरले स्पार्टा मस्कोलाई ७-० ले हराउँदै समूह इ को विजेतापछि इंगल्याण्डबाट च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल्ने पाँच टोली टुङ्गो लागेको हो।

यसअघि २०१५-१६ को सिजनमा स्पेनबाट पाँच क्लबले च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए। तर बार्सिलोना र दुई मड्रिड क्लबले मात्र अन्तिम १६ को यात्रा तय गरेको थियो।

इंगल्याण्डबाट च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नेमा लिभरपुलसँगै म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड र चेल्सी छन्। चार क्लब समूह विजेता तथा चेल्सी समूह उपविजेता बन्दै प्रिक्वाटरफाइनल पुगेको हो।

म्यानचेष्टर युनाइटेड, पिएसजी, रोमा, बार्सिलोना, लिभरपुल, म्यानचेष्टर सिटी, बेसिकटास, टोटनहम हट्सपर समूह विजेता बन्दा बासेल, वायर्न म्युनिख, चेल्सी, युभेन्ट्स, सेभिया, साख्तर डोनेस्क, पोर्टो र रियल मड्रिड समूह उपविजेता बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell