.jpg)
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे।
उनले भने,‘अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि कांग्रेसको हो।’
प्रधानमन्त्री देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका थिए। प्रतिनिधिसभा सदस्यको उमेदवार रहेका सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन्। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन्।
चुनावसम्वन्धी सम्पूर्ण जानकारीका लागि http://chunab.pahilopost.com