PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाईफायर



पहिलोपोस्ट

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाईफायर

काठमाडौँ :  सर्लाहीमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीचको भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

कौडेना गाउँपालिकाको जनता मावि केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसौद आलमखाँले जानकारी दिए।

एसपी मसौदले भने, ‘स्थिति तनावपूर्ण हुदै गएपछि हवाइफायर गरेका हौं अहिले अवस्था सामान्य छ।‘ मतदान केन्द्रमा भने अहिले मतदान भइरहेको एसपी मसैदले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell