
बुटवल : नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्ट र उनकी आमा ८८ वर्षीया चिन्ताकुमारी बिष्टले सँगै मतदान गरेका छन्।
उनीहरुले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। छोरासँगै मतदान गरेकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन्।
‘धेरै पटक भोट हालेँ, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’ उनले भनिन्, ‘बाचुन्जेल छोरा प्रधानमन्त्री बनेको हेर्ने धोको छ।’