PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल भएः कृष्ण सिटौला



पहिलोपोस्ट

निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल भएः कृष्ण सिटौला

झापा :  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्। 

झापा क्षेत्र नम्बर १ को कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने,‘संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्।’

यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको भन्दै सिटौलाले अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे। निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने सिटौलाको भनाई थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell