काठमाडौं : भक्तपुरको बालकोटस्थित रोजभिलेजमा रहेका कांग्रेस नेता विष्णु कार्कीको घरमा तोडफोड भएको छ।
उनको घर लगायत केही घरमा पनि ढुंगामुढा भएपछि झडपसमेत भएको थियो। कार्की भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस निर्वाचन प्रचार समितिका संयोजकसमेत हुन्।
वाम गठबन्धनको टोलीले आफ्नो घरमा आक्रमण गरेको कार्कीले बताए। आक्रमणमा परी तीन जना घाइते भएका छन्। घाइते तीनैजनाको ठिमी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।