.png)
पोखरा : प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो चरण निर्वाचनअन्तर्गत कास्कीमा वाम गठबन्धन र कांग्रेसको तर्फका प्रतिनिधिसभा उम्मेदवारहरुले मतदान गरिसकेका छन्।
कांग्रेसका क्षेत्र नम्वर १ का उमेदवार यज्ञबहादुर थापाले बेगनास मतदान केन्द्रबाट मतदान गरेका छन्। त्यसैगरी क्षेत्र नम्वर २ का उमेदवार देवराज चालिसेले पोखरा महानगरपालिका वडानम्वर ८ को श्रीराम प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
त्यसैगरी कास्कीको क्षेत्र नम्वर ३ बाट कांग्रेस उम्मेदवार बनेका शुक्रराज शर्माले करिव १ बजे मात्र मतदान गरेका छन्। उनले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को शितला सामुदायिक माबिमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका साझा उमेदवारहरु खगराज अधिकारी, रविन्द्र अधिकारी र जगत विश्वकर्माले बिहानै १० बजे अगाडिनै मतदानमा सहभागि भएका थिए।
१ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शौहार्दपूर्ण वातावरणमा निर्वाचन चलिरहेको छ।