PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

दिउँसाे एक बजेसम्म ४० प्रतिशत मतदान



पहिलोपोस्ट

दिउँसाे एक बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौँ :  दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ।  निर्वाचन आयोगका अनुसार बिहान दिउँसाे एक बजेसम्म ४० प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्रबाट  प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell