PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कास्कीमा ५० प्रतिशत मत खस्यो



नरहरि पौड्याल

कास्कीमा ५० प्रतिशत मत खस्यो

पोखरा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणअन्तर्गत कास्कीमा दिउँसो २ बजे सम्ममा ५० प्रतिशत मतदान सम्पन्न भएको छ। बिहान ७ बजे देखि सुरु भएको मतदानमा २ बजेसम्म करिब ५० प्रतिशत मतदान भईसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

‘कास्कीका सबै केन्द्रहरुमा शौहार्दपूर्ण वातावरणमा मतदान चलिरहेको छ’ उनले भने। ‘कहिकतै मतदान अवरुद्ध छैन्, मतदाता विस्तारै आउने र मत हालेर जाने कार्य भैरहेको छ, भीडभाड पनि छैन, सुनसान पनि छैन’ सुवेदीले भने।

३ निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन्। कुल १ सय ५० मतदानस्थलको ३ सय १७ मतदान केन्द्र रहेका छन्।

जिल्लामा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् जसबाट नौ जना प्रतीनीधी निर्वाचीत हुने छन्।

कास्की क्षेत्र १ मा प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र पूर्वमन्त्री खगराज अधिकारी चुनावी मैदानमा छन्।

कास्की क्षेत्र २ मा वाम गठबन्धनका एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसेबीच प्रतिस्पर्धा हुने छ ।

क्षेत्र ३ मा काँग्रेसका पुराना नेता शुक्रराज शर्मा र वाम गठबन्धनबाट एमाले पोलिट्ब्युरो सदस्य जगत विश्वकर्माबीच प्रतिष्पर्धा हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell