PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पेस्तोल र बमसहित विप्लवका ६ कार्यकर्ता राजधानीबाट पक्राउ



पहिलोपोस्ट

पेस्तोल र बमसहित विप्लवका ६ कार्यकर्ता राजधानीबाट पक्राउ

काठमाडौं :  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नेकपाका युवा दस्ता इन्चार्जसमेत रहेका सर्लाही ईश्वरपुरका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट छन्। 

प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ। राजधानीका विभिन्न स्थानमा भएका बम विस्फोटमा उनीहरुको हात रहेको प्रहरीले दाबी गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell