PahiloPost

May 15, 2024 | २ जेठ २०८१

अर्घाखाँचीको मथुरामावि केन्द्रको मतदान स्थगित



चन्द्रकान्त खनाल

अर्घाखाँचीको मथुरामावि केन्द्रको मतदान स्थगित

बुटवल :  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वाङ्ला  मथुरामावि मतदान  केन्द्रमा मतदान स्थगित गरिएको छ। मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरेकोविषयलाई लिएर दिउँसो विवाद भएको थियो।

त्यसक्रममा मतपेटिका तोडफोडसमेत भएको थियो।  स्थानीय प्रशासन र राजनीतिक दलको छलफलपछि निर्वाचन स्थगित गरिएको छ । स्थागित मतदान केन्द्रमा पछि मतदान गराउनेविषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell