PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकव्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनको माग



नरहरि पौड्याल

स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकव्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनको माग

पोखरा :  स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा कंँग्रेसले एकलौटी मतदान गरेको भन्दै वाम गठबन्धनले पुनः मतदानको माग गरेको छ। 

स्याङजा क्षेत्र नम्वर २ मा पर्ने चार मतदान केन्द्रमा कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठको निर्देशनमा बुथ कब्जा गरिएको वाम गठबन्धनले आरोप लगाएको छ। 

चितापोखरी, कालिका आधारभूत र जनसक्रिय प्रावि मतदान केन्द्रमा काग्रेस कार्यकर्ताले मतदाताको हातबाट मतपत्र खोसेर स्वस्तिक छाप लगाएका आरोप एमालेले लगाएको छ।

जिल्लाको मल्याकोट मतदान केन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार गरिएकोसमेत एमालेले आरोप एमाले लगाएको छ। 

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ। 

वााम गठबन्धनले चापाकोट नगरपालिकाको शेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागेको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell