
- ललित बसेल -
उम्मेदवारहरुतर्फ भने कांग्रेसबाट प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ का उम्मेदवार एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सूर्यज्योति मावि केन्द्रमा मतदान गरेका थिए भने क्षेत्र नं. २ का उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर १ स्थित सरस्वती आधारभूत विद्यालय केन्द्रमा मतदान गरे।
यसैगरी वाम गठबन्धनबाट क्षेत्र नं. २ क को प्रदेशसभा उम्मेदवार यामलाल कँडेलले वीरेन्द्रनगर ४ स्थित भैरव मावि केन्द्र र कांग्रेस उम्मेदवार कमलराज रेग्मीले वीरेन्द्रनगर ८ स्थित सिद्ध बहिरा बाल विद्यालय केन्द्रमा मतदान गरेका छन्। यस्तै अन्य उम्मेदवारहरुले पनि आ—आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गरेको बताइएको छ। यस्तै वीरेन्द्रनगर १३ को करेखोला मतदान केन्द्रमा १०७ वर्षीया रुद्रकली बुढाले मतदान गरेकी छन्।
निर्वाचनमा दुई हजार १०० कर्मचारी र तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। मतदान अवधिभर सुर्खेतमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। मतगणना आज शुक्रवार अपरान्हदेखि सुरु गरिने बताइएको छ। सहायक निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले मतपेटिका संकलन गरी शुक्रवार अपरान्हदेखि मतगणना सुरु हुनसक्ने बताए।