पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत प्रदेश नं. ४ को जिल्ला कास्कीमा ६७ प्रतिशत मत खसेको छ।
पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले दिएको जानकारी अनुसार कास्की जिल्लामा आज सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मत खसेको हो। स्थानीय चुनावमा कास्कीमा ७४.८६ प्रतिशत मत खसेको थियो। त्यसको तुलनामा यसपटक करिब ८ प्रतिशत मत कम खसेको हो।
कास्की जिल्लामा कुल मतदाता संख्या २ लाख ५५ हजार ४ सय ५२ रहेको छ। गएको स्थानीय निकायको चुनावभन्दा यस चुनावमा करीब ३० हजार बढी मतदाता थपिएका थिए।