PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मुगुमा पनि सुरु भयो मत गणना



पहिलोपोस्ट

नेपालगन्ज : पहिलो चरण अन्तगर्तको मुगु जिल्लामा मतगणना शुरु भएको छ। प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा प्रतिनिधि सभाको मतगणना सकेर मात्र प्रदेश सभाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले बताए।

उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा २ समुहमा मतगणना भइरहेको छ। सीसी क्यामरा, तारजालीको व्यवस्था गरी सुरक्षा व्यवस्था कडाका साथ मतगणना भइरहेको छ। भोलि साँझसम्ममा प्रतिनिधि सभाको अन्तिम परिणाम आइसक्ने छ र त्यस पछि प्रदेश सभा सदस्यको मतगणना गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell