जाजरकोट : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन्।
नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८ सय ६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३ सय ८१ र कांग्रेसका वेदराज सिंहले ७ सय ४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २ सय मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका दीपकजंग शाहले ६ सय ६२ मत प्राप्त गरेका छन्।